ओलीको निर्देशन : भोलिदेखि संसदमा आउँदैनौं, एमालेको वहुमत पुर्‍याउन चुनावमा खट्नुस्


३१ भाद्र २०७९, शुक्रबार
UML Yemale Samsad1663311446

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई बिदाइ गरेका छन् । ओलीले प्रतिनिधिसभाको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै रहेकाले २ असोजबाट ४ मंसिरको निर्वाचनमा केन्द्रीत हुन निर्देशन समेत दिए । संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् । ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७