कमल थापाले टुकुचामा पौडी खेलेको स्मरण गर्दै बालेन र सुनितालाई दिए धन्यवाद


३१ भाद्र २०७९, शुक्रबार
112 Shares
Kamal Thapa 4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडी खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य शुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘स्याबास बालेन ! स्याबास सुनिता ! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई लाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाईलो सम्झना अझै ताजा छ ।’ राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौंका खोला-नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७