रवीन्द्र मिश्रलाई दोस्रो वरीयता दिएर राप्रपा प्रवेश गराउने चर्चाले तरङ्ग : ‘सिनियर’ नेताहरू असन्तुष्ट


३१ भाद्र २०७९, शुक्रबार
14 Shares
rabindra rajendra

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरङ्ग सिर्जना भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता दिएर पार्टी प्रवेश गराउन चाहन्छन् । उनको यो तयारीपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू सन्तुष्ट भएको बुझिएको छ ।

स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न लिङ्देनलाई निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन् । त्यसका लागि उनले पटकपटक राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग छलफल गरिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्रोतका अनुसार मिश्रले विवेकशील साझा पार्टीका सातमध्ये ६ प्रदेश अध्यक्षसहित राप्रपा प्रवेश गराउने प्रतिबद्धता जनाएका छन् । विवेकशील साझाका निवर्तमान अध्यक्षसमेत भएकाले लिङ्देन मिश्रलाई दोस्रो वरीयता दिन तयार देखिएका छन् । राप्रपामा अहिले लिङ्देन अध्यक्ष छन् भने राणा र लोहनी वरिष्ठ नेता छन् । अब मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरूले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।

ncll 2

मिश्रको एक मात्र चाहना काठमाडौं १ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ । उनी अघिल्लो हारको बदला लिन चाहन्छन् । सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७