अब आउने सांसदले जनताको हितलाई ध्यानमा राखेर काम गरून् : सांसद संग्रौला


३१ भाद्र २०७९, शुक्रबार
dila sangraula 12021 07 30 01 52 49

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरूले जनताको पीर, मर्का र राष्ट्रको बृहत् हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेक छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएकी हुन् । संसद्को कार्यकालमा आफूहरूले उठाएका कुरा कार्यान्वयन भए-नभएको जनताले मूल्यांकन गर्ने उनको भनाइ छ ।

‘हामीले उठाएका कुरा कति कार्यान्वयन भए, कति भएनन्, जनताले मूल्यांकन गर्लान्। हामीमध्ये कति साथीहरूले टिकट पाउनुहोला, कतिले जितौँला, कतिले हारौँला । यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरू अवश्य पनि जनताको पीर, मर्का, राष्ट्रको बृहत् हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्छ भन्ने मेरो मान्यता छ । शुभकामना पनि छ,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७