सिङ्गो कर्णाली पाल्न सक्ने राराले दुई-चार वटा बँदेल पालेर हुँदैन, निकुञ्ज हटाइयोस् : सांसद महत


३१ भाद्र २०७९, शुक्रबार
gajendra mahat rss

काठमाडौं । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन माग गरे। रारा क्षेत्रले सिंगो कर्णालीलाई पाल्न सक्ने भन्दै महतले निकुञ्ज अन्यत्र सारे झन्डै १० लाख मान्छेले रोजीरोटी पाउने दाबी गरे ।

‘निकुञ्जलाई पूर्वतिर लानुपर्‍यो, त्यहाँको जनताको आवाज छ । त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई-चारवटा बँदेल पालेर हुँदैन । आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्,’ उनले भने, ‘त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेले रोजीरोटी पाउँछन् । रोजगार पाउने छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७