थप ११० मा कोरोना संक्रमण, एक जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घटामा देशभरबाट ३,८२७ नमूना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५२ र एन्टिजेनबाट २०७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६० र एन्टिजेनबाट ५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार थप १२६ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या २०६२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७