भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश फाइनलमा


३१ भाद्र २०७९, शुक्रबार
14 Shares
Bangaladesh1 20220916160130

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो । बंगलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बंगलादेशले खेल शुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो । खेलको १८औँ मिनेटमा सविनाले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाइन् । त्यसपछि खेलको ३०औँ मिनेटमा श्रीमोतीले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४-० ले अघि रह्यो । त्यसैगरी खेलको दोस्रो हाफमा बंगलादेशले थप चार गोल गर्‍यो । खेलको ५४औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाइन् ।

ncll 2

खेलको ५७ औं मिनेटमा मसुराले गोल गर्दा बंगलादेश ६-० ले अघि रह्यो । खेलको ८७औं मिनेटमा तोहोराले गोल गरेपछि बंगलादेश ७-० ले अघि रह्यो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाइन् । अब बंगलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्ने छ । दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् यसको विजेता फाइनल पुग्नेछ । नेपाल र भारतबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७