एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’ योजनाः डिजिटल भुक्तानीमा २०% सम्म क्यासब्याक र छुट

भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतमा खरिद गरी डिजिटल भुक्तानी गर्दा २०५ सम्म क्यासब्याक तथा छुट


३१ भाद्र २०७९, शुक्रबार
NIC ASIA Bank 1

काठमाडौं : एनआईसी एशिया बैंकले दशैं, तिहार, छठ लगायतका पर्वको अवसरमा आफ्ना ग्राहक लक्षित ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना ल्याइएको बैंकले जनाएको छ ।

यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त बैंकले जनाएको छ । जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत ‘प्वाइन्ट अफ सेल’ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० सम्म छुट प्राप्त हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत प्वाइन्ट अफ सेल’ तथा मोबाइल बैंकिङ्ग मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुने बैंकले जनाएको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डद्धारा विज्ञप्तिमा भनिएको छ, ‘यस बैंकमा खाता नभएका महानुभावहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नुहुनेछ ।’

त्यसैगरी विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ । किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा ‘प्वाइन्ट अफ सेल’ भुक्तानी एवं बैंकका प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७