पुटिनको चेतावनी : रुसको विनाश देख्ने सपना कहिल्यै पूरा हुने छैन


१ आश्विन २०७९, शनिबार
Putin 1536x1137 1

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै वर्षदेखि रुसको पतनको लागि सम्पूणर् पश्चिमले सपना देखेको र त्यसका लागि काम पनि गरेको तर उनीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकपछि उनले सञ्चारमाध्यमलाई भने, ‘दशकसम्म पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए तर रुस यथावत् नै रहेको छ । पश्चिमी देशहरूले रुसको विनाश कहिल्यै देख्ने छैनन् ।’

उनले युक्रेनमा सञ्चालित सैन्य कारबाही यस्तै अवस्थालाई रोक्नको लागि गरिएको बताए । ‘यो त्यही प्रयास थियो जुन संयुक्त राज्य अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूले गरेका थिए र अझै पनि त्यस्ता रुस विरोधी गुटहरू बनाएर रुसलाई आफ्नो दिशामा भ्रमित गर्ने प्रयास गरिरहेका छन्,’ पुटिनले भने ।
लठ

युक्रेनमा भएको सैन्य कारबाहीको पछाडि रुसको मुख्य उद्देश्य डोनबासलाई मुक्त गराउनु रहेको उनले बताए । युक्रेनबाट आएका ठूला बयान र दाबीका सम्बन्धमा राष्ट्रपति पुटिनले मिडियालाई हतार नगर्न र धैर्यपूर्वक पर्खन भनेका छन् । ‘किएभका अधिकारीहरूले उनीहरू (हामीले) कडा लडाई दिएको घोषणा गरेका छन्,’ उनले भने, ‘हेरौँ यो कसरी अगाडि बढ्छ र कसरी समाप्त हुन्छ । योजनामा कुनै परिवर्तन हुने छैन । जनरल स्टाफले सञ्चालनको क्रममा आफ्नो रणनीतिक निणर्य गर्दछ । युक्रेनी सेनाले आक्रामक जवाफी हमला गरे पनि हाम्रो कारबाही जारी छ ।’

राष्ट्रपति पुटिनले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीसँग भेट्ने इच्छा दोहोर्‍याएका छन् । तर युक्रेनले पहिले यस्तो बैठकमा सहमत हुनुपर्ने पनि बताएको छ । उनले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको सुरक्षा ग्यारेन्टी सम्झौता पूरा हुने बेला युक्रेनी प्रतिनिधिमण्डलले नै वार्ता त्यागेको दाबी गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७