काठमाडौं महानगरको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट, सुर्ती सेवन गर्न नपाइने


१ आश्विन २०७९, शनिबार
no smoking

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज (शनिबार) देखि चुरोट तथा सुर्ती सेवन गर्न नपाइने भएको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई कानुनी कारबाही गर्ने तथा जरिबाना तिराइने चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७