रुसबाट कब्जामुक्त युक्रेनको इज्युम शहरमा भेटियो सामुहिक चिहान


१ आश्विन २०७९, शनिबार
Ukraine chihan

युक्रेन (किभ) । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको केही दिनपछि इज्युम शज्ञहर बाहिर सयौं व्यक्तिको सामुहिक चिहान फेला परेको बताएको छ ।

युक्रेनी फौज अघि बढ्ने क्रममा एउटा जंगलमा फेला परेको ती चिहानमा गाडिएका शवका क्रसमा संख्या मात्र उल्लेख गरिएको बताइएको छ । युक्रेनको स्थानीय निकायले शुक्रबार केही चिहानबाट शव निकाल्ने योजना रहेको बताएको छ । ती पीडितहरूलाई के भएको होला भन्ने स्पष्ट भएको छैन । तर, प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूमध्ये केहीको गोलाबारीमा घाइते भएर उपचार नपाएपछि मृत्यु भएको हुनुपर्ने अनुमान गरिएको छ ।

युक्रेनको राष्ट्रिय प्रहरी सेवाका प्रमुख इहोर क्लिमेन्कोले अधिकांश शव सर्वसाधारणको भएको र त्यहाँ सेनाका शव पनि गाडिएको हुनुपर्ने विश्वास गरिएको बताएका छन् । यसअघि युक्रेनको सरकारी निकायले त्यहाँ चारसय वटा भन्दा बढी शव गाडिएको हुनुपर्ने बीबीसीलाई बताएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले केही स्वतन्त्र गरिएका क्षेत्रका थुप्रै स्थानमा सामुहिक चिहानहरू फेला परेको बताएका छन् । संयुक्त राष्ट्र संघले केही दिनमा त्यहाँ एक अनुगमन टोली पठाउने बताएको छ । युुद्धका शुरुका दिनमा आक्रमणमा परेको इज्युम शहरलाई रुसले पूर्वतर्फ फौज परिचालन गर्ने प्रमुख सैनिक केन्द्रको रूपमा प्रयोग गर्दै आएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७