संविधान दिवसको अवसरमा एमालेको पदयात्रा {फोटो फिचर}


१ आश्विन २०७९, शनिबार
9 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज (शनिबार) संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै उपत्यकामा वाकथन (पदयात्रा) निकालेको छ । उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा शुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो ।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण- संविधान र लोकतान्त्रिक गणतन्त्र’ नाराका साथ फरक शैलीमा ‘वाकथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए ।

नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बसन्तपुरमा पुगेपछि सम्बोधन गरेका थिए । उनले सात वर्षको अवधिका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारको क्षेत्रमा असाधारण काम गरेको उल्लेख गरेका छन् । उनले समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेलेको बताए । संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान-२०७२’जारी भएको थियो ।

1 4
2 3
3 1
4 1
5 1
6 1
7 1
8 1
9 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७