सुदूरपश्चिममा बाढी-पहिरोको वितण्डा : कैलालीका १५ सय घर डुबानमा


१ आश्विन २०७९, शनिबार
RP KANCHANPUR BADHI

धनगढी । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा १५ सय घर डुबानमा परेका छन् । साथै बाढीमा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार धनगढी उप महानगरपालिका-१३ की १९ वर्षिया नविना चौधरी माछा मार्ने क्रममा स्थानीय झलारी नालामा डुबेर बेपत्ता भएकी हुन् । प्रशासनले कैलालीका १० स्थानीय तहका १५ सय घरधुरी डुबानमा परेको जनाएको छ ।

DB TULSIPUR DUBAN 1

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको तथ्यांकमा सबैभन्दा बढी भजनी नगरपालिका डुबानमा परेको छ । त्यहाँको वडा नम्बर ८ का सोनाफाँडा, दैलेखि टोल, भरतान टोल, मिलनपुर टोल र लालबोझीका गरी ४ सय घरधुरी, भजनी बजारका २५ घरधुरी, भजनी नगरपालिका वडा नम्बर ७ का शिविर टोल, गणेशमान टोल, दक्षिणपुरवा टोलका २५० घरधुरी डुबानमा परेका छन् ।

यस्तै जोशीपुर गाउँपालिकामा ४ सय घरधुरी, लम्कीचुहा नगरपालिकामा १४५ घरधुरी, कैलाली गाउपालिकामा १७५ घरधुरी, टीकापुर नगरपालिका र जानकी गाउपालिकामा ८०-८० घरधुरी डुबानमा परेका प्रशासनले जनाएको छ । धनगढी नगरपालिकामा पनि १४ घरधुरी डुबानमा परेका छन् ।

RP KANCHANPUR BADHI XYATI 1

यस्तै टीकापुर नगरपालिका वठा नम्बर ७ का ७० परिवार र जानकी गाउँपालिका ४ का ६० परिवार गरी १३० परिवार विस्थापित भएका छन् । उनीहरु, सामुदायीक भवन र आफन्तकोमा सरेका प्रशासनले जनाएको छ । कैलालीमा कणर्ाली, मोहना, पथरैया, कन्द्रा र खुटीया नदीहरुको जलस्तर बढेको छ । पहाडि जिल्लातिर वर्षा भईरहेकाले तराईमा नदीहरुको जलस्तर बढेको हो ।

JK Bhajani 20220903 131032

कञ्चनपुरमा पर्ने महाकाली नदीमा पनि जलस्तर बढेपछि नेपाल भारत सीमा नाका बनबसा बैराजमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा एक लाख क्विसेक भन्दा बढी पानी बग्ने वित्तिकै त्यसलाई खतरा मानिन्छ । अहिले महाकालीमा एक लाख ६४ हजार क्विसेक पानी बगिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७