‘परमादेशको सरकार भन्नु हुन्छ, यही परमादेशले संसदमा हामीलाई भेट गरायो’


१ आश्विन २०७९, शनिबार
deuwa

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने अवसर मिलेको बताए ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । उनले बैठकमा आगामी निर्वाचनलाई निष्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपूर्ति दिने घोषणा पनि गरे । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको शुभकामना पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७