प्रतिनिधिसभाको अन्तिम बैठकमा ओलीले भने, ‘छुट्टिने बेला के कठोर बोल्नु छ र !’

‘देउवाजी तपाईले नि प्रतिगमन गर्नु भयो’


१ आश्विन २०७९, शनिबार
kp oli 1
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुन: स्थापनालाई असंवैधानिक कदमको संज्ञा दिएका छन् । आज (शनिबार) प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको आरोप लगाए ।

आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्‍याए । उनले भने, ‘गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो । निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनु चाहिँ प्रतिगमन हो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो ? ।

त्यस्तै परमादेशकै कारणले सदनमा ओलीसँग संसद्मा भेट भएको बताएका थिए । त्यसै प्रसङ्गलाई उप्काउँदै ओलीले भने, ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ? प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ । अहिले भ्रष्टाचार त के कुरा गर्नु र ? ’…भन्दा देख्नेलाई लाज’ एउटा नेपालीमा उखान छ त्यसको आधी मात्र भनेको । भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन् । बाहिर बाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैन जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ ।’

प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७