निर्वाचन आयोग सत्ता पक्षबाट नलतारियोस् : ओली


१ आश्विन २०७९, शनिबार
kp oli 1 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो संसदको कार्यकाल सफल भएको बताएका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले समग्रमा यो संसदको कार्यकाल सफल भएको बताएका हुन् ।

ओलीले भने, ‘यो संसदबाट संविधानका लागि आवश्यक थुप्रै कानुनहरू बनायौं । राजनीतिक स्वार्थले गठबन्धन बन्यो । निर्वाचनतर्फ जानेलाई प्रतिगमन भनिँदैन । निर्वाचनमा जाने कुरा प्रतिगमन होइन ।’ उनले नागरिकतामा राजनीति गर्न खोजिएको बताए । ओलीले भने, ’जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा नागरिकता दिइनेछ भन्ने मात्रै संशोधन हालौ भनेका थियौं । तर, नागरिकतालाई राजनितिक फाइदासँग जोडियो । मंसिर ४ गते जनताले गठबन्धन र सरकारलाई जवाफ दिनेछन् ।’

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित सम्पन्न गरिनुपर्ने उनले बताए । ओलीले भने, ‘देश अब निर्वाचनमा जाँदैछ । गएको स्थानीय तह निर्वाचनमा सत्ताको दुरुपयोग गरियो। प्रहरी प्रशासन, राज्य संयन्त्रको दुरुपयोग गर्ने काम भयो । लोकतन्त्रभित्र त्यस्ता तौरतरिका नपनाइयोस्। लोकतन्त्र भनेको भिन्न मत र विचारलाई स्वीकार्ने प्रणाली हो । लोकतन्त्रमा प्रतिष्पर्धालाई स्विकार्नु पर्छ ।’ ओलीले भने, ‘निर्वाचन आयोग सत्ता पक्षबाट नलतारियोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७