ओलीलाई प्रचण्डकाे प्रश्न : प्रतिनिधिसभा विघटन प्रतिगमन नभए के हो ?


१ आश्विन २०७९, शनिबार
prachanda 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटनको निणर्य प्रतिगामी भएको बताएका छन् ।

आज (शनिबार) प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीले संसद् विघटन संविधानको व्यवस्था अनुसार नै भएको दावी गरिरहँदा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका थिए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै,’ प्रचण्डले भने ।

यस्तै नेता ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निणर्य प्रतिगामी भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७