स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैन : अध्यक्ष तिमिल्सिना

‘अब देशमा विद्रोहको आवश्यकता छैन, विद्रोह होइन सिर्जना गर्नेलाई भोट दिनुपर्छ’


१ आश्विन २०७९, शनिबार
ganesh timalsina

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनावमा जित हासिल गरे पनि काम गर्न नसक्ने दावी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् । उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए ।

उनले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गरे । पार्टीलाई नै सही मार्गमा हिँडाउन भूमिका खेल्न उनले आग्रह गरे ।

अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भए पनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाई छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७