नवौं राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट


१ आश्विन २०७९, शनिबार
tenis

सुनसरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । सुनसरीको इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् ।

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुरा छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् । यस्तै टेवलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन् ।

दौडमा भोजपुर र धनकुटालाई स्वर्ण

पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जितेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

पाँच किलोमिटर दौड महिलातर्फ सङ्खुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक पदक प्राप्त गरेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गरेका छन् । नवौँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिताका लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सतर्फ आज फाइनल खेल हुँदैछ ।

भारोत्तोलनमा मोरङको वर्चस्व

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ मा छनौट प्रतियोगिता भइरहेको छ । बिहीबारदेखि मोरङको विराटनगरमा सुरु भएको भरोत्तोलनमा मोरङका ६ खेलाडीले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा ५९ किलो तौल समूहमा महिलातर्फ झापाकी सोनीदेवी दासले स्वणर् जितेकी छिन् भने खोटाङकी बिजुली थापाले रजत प्राप्त गरेकी छिन् । यस्तै ६२ किलोतर्फ इलामकी सुस्मा राईले स्वणर् र उदयपुरकी सन्ध्या राईले रजत प्राप्त गरेकी छिन् ।

यस्तै ८१ किलो तौल समूहमा मोरङकी सृष्टि भलले स्वणर् जितेकी छिन् । यता पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ किलो तौल समूहमा स्वर्ण जितेका छन् । विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७