इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए


१ आश्विन २०७९, शनिबार
sunkhani

काठमाडौं । इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन् ।

घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सोबारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो । ‘हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्‍यौं’, उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।

विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् । खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७