संस्कृति हस्तान्तरणमा सघाउने फिल्म ‘बिनायो’


२४ चैत्र २०७४, शनिबार
alisha rai and sanday rai

काठमाडौँ, २४ चैत । किराती मिथकमा आधारित कथावस्तुमा निर्माण भएको नेपाली कथानाक चलचित्र ‘बिनायो’ युटुयुबमा राखिएको छ । नाईम फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा रोशन राईको निर्देशन जितेन राईले निर्माण गरेकोे चलचित्र शुक्रवार युटुयुबमा राखिएको हो । alisha rai and sanday rai

फिल्ममा किराती संस्कृति र जीवनका भोगाइका कथा समावेशं गरिएको छ । निर्माता जितेन राईका अनुसार ‘बिनायो’ तपाईँ हाम्रै फिल्म भएको बताउँछन् । ‘फिल्म तपाईँ हाम्रो कथा हो, हाम्रो यर्थाथ जीवन भोगाइसँग जोडिएको छ ।’ उनी भन्छन्,‘हाम्रो संस्कृति हाम्रो जीवन दर्शनका कथा, संवाद र दृश्यहरू समांवेश गरिएको छ ।’

उनले ‘बिनायो’ फिल्म भावी पुस्तालाई मार्गनिर्देशन समेत गर्न बताए । फिल्ममा मानव समाज विकास क्रमको आधारविन्दु खेतीपाती युगदेखि समाज व्यवस्थापन कसरी हुँदै आयो भन्ने कुरा देखाइएको बताए । यस्तै कपडा बनाउन, खाना, घर बनाउन कसरी थालियो, खेतीपातीको सुरुवात कसरी भयो भन्ने कुरा फिल्म स्पष्ट देखाइएको उनले बताए ।

यस्तैगरी बाउ आमाले छोरा छोरीलाई गर्ने प्रेम, चेली माइती सम्बन्ध, बाउ आमालाई गरिने आदर सद्भाव फिल्म देखिन्छ । यस्तै फिल्ममा किराती जातिमा पारुहाङ आकाश, सुम्निमा धर्ती मानिन्छ । जुन कुरा फिल्म नयाँ पुस्ता कसरी हस्तारण भइरहेको छ भन्ने देखाएको छ ।
निर्माता राईले फिल्म एक वर्ष लगाएर अध्ययन गरी त्यही समाज विकासक्रम लाई सरलरुपमा फिल्म बगाइएको बताए । उनले भने,‘मैले गीत गाए, संस्कृति बुझे, त्यहीँ संस्कृति बचाउन फिल्म निर्माण गरे ।’

फिल्म खोटाङको खार्मीका साथै काठमाडौँमा छायाकंन गरिएको छ । यस्तै फिल्म पूर्वको सबै जिल्लाहरूका बेलायत, मलेसिया, सिगांपुर हङकङ च्यारिटी गरिसकिएको छ ।

चलचित्रमा एलिसा राई, सन्ध्या साम्पाङ राई, पुषण किरात राई, सम्झना रार्य, खुम्बु राई, इशान राई, विशाल राई, कपिल राई, बेदना राई, भुपेन्द्र पुमा राई, पञ्च कुमारी राई, लिला राईको अभिनय रहेको छ । यस्तै फिल्मकाे गीत जानुका राई गाएकी छिन् ।

फिल्मलाई सह–निर्मातामा अधिबक्ता शान्तिदेबी राई र ईन्द्रकला राईको छ भने बिनायो चलचित्रको छायांकन र सम्पादन युवराज खत्रीको रहेको छ । चलचित्र नेफ्टा अवार्ड २०१४ (हङकङ)बाट विशेष सम्मानित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७