एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुङ्गो लगाउने


२ आश्विन २०७९, आईतवार
amale 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उमेदवारको नामावली आज बस्ने बैठकले निणर्य गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उमेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए ।

बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उमेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए । बैठकले पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७