ताइवानमा शक्तिशाली भूकम्प


२ आश्विन २०७९, आईतवार
earthquake 0pu0boTIlz

ताइवान । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस) ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको पूणर् विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको जनाएका छन् ।

ताइवानको केन्द्रीय मौसम व्युरोले भने भूकम्प ६ दशमलब ४ म्याग्निच्यूड रहेको जनाएको छ । दुईओटा टेक्टानिक प्लेटको बीचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्याग्नेच्यूडको भूकम्प नजादासम्म सामान्यतया सुनामीको चेतावनी दिइँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७