टोटनहमको जितमा सनको ‘ह्याट्रिक’


२ आश्विन २०७९, आईतवार
tottenham1663467888

काठमाडौं । सन ह्युङ मिनको ह्याट्रिकप्रेरित टोटनहमले शनिबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ६-२ ले हराएको छ ।

पाहुना टोली लेस्टरका युरी टिलेमान्सले छैटौँ मिनेटमा पेनाल्टीमा गरेको गोलबाट लेस्टरले अग्रता लिएको थियो । टिलेमान्स सुरुमा हानेको पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, भिडियो सहायक रेफ्रीले पुनः पेनाल्टी हान्ने मौका दिएपछि उनी चुेकनन् ।
त्यसको दुई मिनेटमा टोटनहमका ह्यारी केनले बराबरी गोल फर्काए । २१ औँ मिनेटमा इरिक डायरले गरेको गोलबाट टोटनहमले अग्रता लियो । २१ औँ मिनेटमा लेस्टरका जेम्स म्याडिसनले गरेको गोलबाट लेस्टरले बराबरी गर्यो । ४७ औँ मिनेटमा रोड्रिगो बेन्टानकोरले गरेको गल्तिबाट टोटनहमले पुनः अग्रता लियो ।

७३ औँ मिनेटमा सनले अर्को गोल थपे । पहिलो गोल गरेको १३ मिनेटमा सनले ह्याट्रिक गरेका थिए । ८४ औँ मिनेटमा दोस्रो गोल गरेका सनले ८६ औँ मिनेटमा ह्याट्रिक गरेका थिए । जितसँगै टोटनहम ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग बराबरी हो । पराजित लेस्टर सिटी एक अंकका साथ अंक तालिकाको पुछारमा छ ।

सिटीले गएराति नै उल्भरह्याम्पटनलाई ३-० ले हराएको थियो । सिटीको जितमा ज्याक ग्रेलिश, इर्लिङ ब्राउट हालान्ड र फिल फोडानले गोल गरेका थिए । ३३ औँ मिनेटमा नाथन कोलिन्सले रातो कार्डको सामना गरेपछि उल्भरह्याम्पटन १० खेलाडीमा सीमित बनेको थियो । पराजित उल्भरह्याम्पटन ६ अंकका साथ १६ औँ स्थानमा छ ।

गएराति नै एष्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले हराएको थियो । त्यस्तै, फुलहमले नटिङघम फरेष्टलाई ३-२ ले हरायो । न्युक्यासल युनाइटेडले बर्नमाउथसँग १-१ को बराबरी खेल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७