चोलेन्द्र आज सर्वोच्च फर्किने, गेटमै राेक्ने बारको चेतावनी


२०७९ असोज २ आइतबार ०७:२३ बजे

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज (आइतबार) अदालत फर्कने भएका छन् । कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ ।

उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ । राणाले सर्वोच्च अदालत फर्किए रोक्ने नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले तयारी अघि बढाएको छ । चोलेन्द्रले सर्वोच्च फर्कने सूचना पठाएसँगै बार एसोसिएसनले स्वीकार गर्न नसकिने स्पष्ट पारेको हो ।

बारका अध्यक्ष पूणर्मान शाक्यले निलम्बनमा परिसकेका प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने बताए । जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै बारले गेटबाटै फर्काउने चेतावनी दिएको हो । ‘निलम्बित व्यक्तिलाई कुनै हालतमा सर्वोच्चको गेटबाट प्रवेश गर्न दिँदैनौं,’ शाक्यले भने, ‘कथम कदाचित प्रवेश गरिहाले भनेपनि हाजिर गर्न दिइँदैन् । हामीलाई स्वीकार्य छैन् ।’

महाभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो । तर, चोलेन्द्र आज सर्वोच्च फर्कने सूचना पाएसँगै अदालत अघि सुरक्षा सतर्कता बढाइएको छ ।

बारका प्रतिनिधिहरु पनि त्यसबारे छलफलमा जुटेका छन् । चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन् । यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेञ्च बहिष्कार गरेका थिए । केही न्यायाधीश र कर्मचारी भने चोलेन्द्रको पक्षमा छन् । उनले आफू निकटस्थहरुसँग आफू बहिर्गमनका लागि तयार भएको तर अदालतको प्रतिष्ठा जोगाउनका लागि फर्कन लागेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७