समानुपातिक उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक जारी


२ आश्विन २०७९, आईतवार
mao
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ ।

आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् ।

नेकपा (एमाले) ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भने नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७