कमोडिटी एक्सेन्जको लागि धितोपत्र बोर्डले पुनः माग्यो आवेदन


२ आश्विन २०७९, आईतवार
dhito patra board 1

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज २ गते कमोडिटी एक्सेन्जलाई लाइसेन्स दिनको लागि आवेदन खुला गरेको छ । बोर्डले वस्तु विनियम बजारसम्बन्धी नियमावली २०७४ र वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एंव प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम कमोडिटी एक्सेन्जको लागि आवेदन माग गरेको छ ।

बोर्डले सूचना जारी भएको ४५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ । कमोटिडी एक्सेन्जको लागि यसअघि आवेदन दिएका कम्पनीहरुले पनि पुनः वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एंव प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम आवेदन दिनु पर्ने बोर्डले जनाएको छ । तथापि, यी कम्पनीले आवेदन दिंदा भने पुनः दस्तुर लाग्ने छैन ।

२०७४ माघ ९ गतेदेखि धितोपत्र बोर्डले वस्तु विनिमय बजारसम्बन्धी ऐन लागू गरेको छ । यो ऐन लागू भएसँगै बोर्डले कमोडिटी एक्चेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीहरुबाट आवेदन माग गरेको थियो । कमोडिटी एक्सचेन्ज अनुमति लिनका लागि पहिलो पटकको अवेदन रद्द गरेर २०७५ वैशाख ११ मा २ महिनाको समय तोकेर पुनः आवेदन माग भएको थियो । धितोपत्र बोर्डका अनुसार पहिलो पटक ५ कम्पनीबाट आवेदन आएकामा दोस्रो पटक ६ वटा कम्पनीको आवेदन परेको छ । अहिले पुनः बोर्डले निर्देशिका जारी गरेर आवेदन खुला गरेको हो ।

कमोडिटी बजार विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । यसमा वस्तुहरुको करारमा कारोबार हुने गर्छ । क्रेता र बिक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ । यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन् । यो बजारमा वस्तुहरूको माग र आपूर्तिको आधारमा करारको निष्पक्ष मूल्य तय गरिन्छ ।

dh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७