जबरालाई निवासमै रोक, सर्वोच्च जान पाएनन्


२ आश्विन २०७९, आईतवार
42 Shares
cholendra home

काठमाडौं । सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित सरकारी निवासमै रोक लगाइएको छ ।

उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाभियोग निष्क्रिय भइसकेपछि हाजिर हुन नदिएर सरकारले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका छन् ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको तर्क गर्दै जबरा आज सर्वोच्च जाने तयारीमा थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले आफू सर्वोच्च आउने र त्यसको तयार गर्न सर्वोच्च प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए । जबरा अदालत आउने जानकारी पाएपछि सर्वोच्च बार एसोसिएनले पनि आकस्मिक बैठक डाकेर सर्वोच्च प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । अहिले सर्वोच्च परिसर र बालुवाटार गेटमा सुरक्षा कडा पारिएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७