ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो


२ आश्विन २०७९, आईतवार
dhito patra board 1

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूणर्कालीन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

हाल ५० वटा ब्रोकरहरूले सेवा दिईरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।

broker license application.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७