गोठाटारमा गोली हानिएका लाल मोहम्मद : पटुवा हत्यामा संग्लन, भारतीय जाली नोट कारोबारका आरोपी

तीन दिन अघि जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई खतरा भएको भन्दै सुरक्षा मागेका थिए


३ आश्विन २०७९, सोमबार
war soldier army sniper 1 scaled
सांकेतिक तस्बिर

काठमाडौं : २०६४ असार २० गते काठमाडौंको अनामनगर धोबीखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या गरियो । हत्या आरोपी ५ मध्ये मध्ये प्रहरीले ‘थापाजी’ भनिने लाल मोहम्मद र पप्पु गुप्तालाई तत्काल पक्राउ गर्यो ।

घटनाका आरोपी मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी भने दुई वर्षपछि २०६६ मा पक्राउ परे । ती मध्येका मध्येका वाहिद खान १० वर्षपछि मात्रै ३० असोज २०७५ पक्राउ परे ।

तर पक्राउ परेपछि उनै वाहिद खान विजयकुमार श्रीवास्तव भएको भन्दै उनकी पत्नीले नागरिकता पेस गरेक थिए । प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गर्दा खाले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेको पुष्टी भयो । उनले परिचय बदलेर गार्मेन्ट उद्योग चलाइरहेका थिए ।

प्रहरीको अनुसन्धान अनुसार मारिएका बलराम पटुवा र पक्राउ परेका तीन जनाविच भारतीय जाली नोट कारोबारमा विवाद भएको थियो । त्यही विवादमा मारिएका थिए, पटुवा । प्रहरीको अनुसन्धान भन्छ, ‘जाली नोट कारोबारमा सक्रिय पटुवाले सूचना चुहाउन थालेपछि उनको हत्या गर्ने र उनको स्थानमा वाहिदलाई राख्ने योजना उक्त समूहको थियो ।’ प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद, मोहम्मदलगायत समूहले पाकिस्तान, बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने गरेका थिए ।

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । लाल मोहम्मद करिब ९ वर्ष जेल बसेर ९ साउन २०६४ मा कैद सजाय भुक्तान गरे निस्किए ।  जेलबाट निस्किएपछि लाल मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे । एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए ।

उनै लालमाथि गोठाटारमा गोली

प्रहरी उच्च स्रोतका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली प्रहार गरिएका उनै लाल मोहम्मद हुन्, जो जेल भुक्तान गरेर निस्किएपछि गार्मेन्ट व्यसायमा लागेका थिए । हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या पुरानो घटना र कारोबारसँग जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्रोतका अनुसार १० वर्षपछि पक्राउ परेका वाहिद खान उर्फ विजयकुमार श्रीवास्तव पक्राउ पर्नमा मोहम्मदको हात थियो । पक्राउ परेपछि चाँडै छुट्न सकिन्छ भन्ने आशा राखेका मोहम्मद बाहिरबाट कसैले सहयोग नगरेपछि वाहिदप्रति आक्रोशित बनेका थिए । काठमाडौंको गोकर्णेश्वरमा गार्मेन्ट चलाइरहेको मोहम्मदको सूचनापछि उनी पक्राउ परेका थिए ।

त्यसो त उनीमाथि ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिमसँग जोडिएर नक्कली कारोबारमा लागेको आरोप पनि लाग्ने गरेको थियो ।

स्रोतका अनुसार उनको पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतको भनाई छ । सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खेदीखेदी गोली प्रहार
उनी सोमबार साँझ जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भयो ।

सार्वजनिक भएको फुटेज अनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली हानेका हुन् । गोली चल्न थालेपछि मोहम्मदले गाडीमा छल्दै वरिपरि घुमेको देखिन्छ । तर भाग्दाभाग्दै चार राउण्ड गोली उनीमाथि प्रहार भयो । शरीरका विभिन्न अंगमा चारवटा गोली लागेको थियो । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरेका थिए ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । उनी ढलेपछि गोली हान्ने समूह मोटसाइकल चढेर भागेको देखिन्छ ।

सुरक्षा मागेको तीन दिनमा हत्या

स्रोतका अनुसार लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेका थिए । शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७