कति छ आज फलफूल तथा तरकारीकाे भाउ ?


४ आश्विन २०७९, मंगलवार
14 Shares
tarkari scaled

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाले आजका लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ ।

आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो । त्यस्तै, घिउ सिमी र घिरौलाको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रीड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौला घटेर ७५ रुपैयाँ रहेको छ ।

ncll 2

यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

jagdamba.cement

यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमासकोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुई कटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ ।

सुकेको लसुनको भाउ पनि आज घटेको छ । यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनिया आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७