आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक शेयर बिक्री खुला


४ आश्विन २०७९, मंगलवार
IPO

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक शेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनु पर्नेछ । यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी शेयर बिक्री गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७