सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


४ आश्विन २०७९, मंगलवार
IPO

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ५ गतेबाट आइपीओ जारी गरेको थियो । यस आइपीओमा आवेदन दिने अन्तिम दिन असोज ४ गते रहेको छ ।

निर्धारित अवधिमा सबै सेयर विक्री नभएका कारण असोज ४ गतेसम्म समय थपिएको हो । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, ९ साविक चिलिमे गा.वि.स., प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूणर् जिल्लाबासीहरुलाई निष्कासन गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सह बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७