संक्रमणकालीन न्यायसम्बन्धी कानुनअघि बढाउन अध्यादेश ल्याइँदैन : कानुनमन्त्री शर्मा


४ आश्विन २०७९, मंगलवार
govinda sharma

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको भन्दै खण्डन गरेका छन् ।

काठमाडौंमा मंगलबार एड्भोकेसी फोरमले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुनअघि बढाउन सरकारले अध्यादेश ल्याउन लागेको निराधार हल्लालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।

दलहरुबीच सहमति जुट्न नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका उनले तर, कानुन निर्माणमा ढिलाइ भएकै आधारमा कोही निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सबै पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले द्वन्द्वपीडितको वर्गीकरण गरिएको बताए । उनका अनुसार विभिन्न मापदण्डका आधारमा पीडितको वर्गीकरण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७