‘राष्ट्रपति हेड अफ द स्टेट हुनुहुन्छ, संविधानको संरक्षण गर्नुहुन्छ’


४ आश्विन २०७९, मंगलवार
434 Shares
LALBABU YADAV

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति ‘हेड अफ द स्टेट’ भएको कारण संविधानको संरक्षण गर्ने बताएका छन् ।

नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा नगर्ने बिषयमा अन्यौल रहेको बेला सल्लाहकार यादवले भने, ‘राष्ट्रपति त हेड अफ द स्टेट हो, संस्था हो । उहाँ राज्यको प्रथम नागरिक भएको हुनाले उहाँलाई संविधानको धारा ६१ को ४ मा कर्तव्यबारे दिइएको छ । त्यसमा राष्ट्रपतिले यो संविधानको संरक्षण र पालना गर्ने कर्तव्य हुनेछ भनिएकाले त्यही अनुसार जाने हो राष्ट्रपतिले संविधानको धारा १ देखि ३ सय ८ सबै धाराको संरक्षण गर्ने हो । त्यस कारण राष्ट्रपति संविधान अनुसार चल्नुहुन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संवैधानिक व्यवस्था अनुसार आज नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने अन्तिम दिन हो । मंगलबार राति १० बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् ।

ncll 2

नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको आज १५ दिन पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले आज राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ । तर, राष्ट्रपतिको कार्यालयबाट अहिलेसम्म यसबारे कुनै जानकारी आएको छैन ।

jagdamba.cement

यद्यपि राष्ट्रपतिले प्रमाणीकरण नगर्ने समाचारहरु आइरहेका छन् । यही चर्चाका विच सल्लाहकार राउतले भनेका छन्, ‘गठबन्धन संविधानभन्दा माथि मात्रै होइन संप्रभुता जनताभन्दा पनि माथि हुन खोज्नुभयो । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरी राजपत्रमा प्रकाशित भयो भने त्यो संविधानसम्मत हुँदैन । कानुनविपरीत हुन्छ ।’

संविधानले एकपटक फिर्ता पठाएर पुनः प्रमाणीकरणका लागि पठाएको विधेयक अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन । संविधानको धारा ११३ (३)ले राष्ट्रपतलिाई अर्थ विधेयकबाहेकका विधेयक पुनर्विचाका लागि सन्देशसहित पठाउने अधिकार दिएको छ ।  तर, दोस्रोपटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन-कानूनमा छैन ।

यो मधेशको मात्रै नभएर सिंगो देशको समस्या भएको उनको भनाई छ । राउत भन्छन्,‘उहाँ विद्या भण्डारी होइन मुलुकको सर्वोच्च निकायको सर्वोच्च व्यक्ति संवैधानिक राष्ट्रपति हुनुहुन्छ । उहाँले दुई कुरा देशको अखण्डता, देशको सर्वभौमसत्ता र देशको एकतालाई कायम गर्नु प्रमुख कर्तव्य हो । नागरिकता सम्बन्धी विधेयक धेरै संवदेनशील विषय हो । यो मधेशको मात्रै समस्या होइन, यो सिंगो नेपालको समस्या हो ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७