राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल


५ आश्विन २०७९, बुधबार
Ramchandra Poudel

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत् जननिर्वाचित संसद्बाट अनुमोदन भएको नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको सट्टा विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन् ।
बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार भएको पौडेलको निष्कर्ष छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।’

राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन् । संसद्ले विधेयक दोश्रो पटक पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिले प्रमाणीकरणगर्न अस्वीकार गरेसँगै नागरिकता विधेयक निस्क्रिय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७