मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट


५ आश्विन २०७९, बुधबार
kusti

महेन्द्रनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधु कुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी रहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७