बेलायतमा छानियो भाउ


५ आश्विन २०७९, बुधबार
Bhau.jpg

काठमाडौं । नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेसन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ । यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरी खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।

लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् . फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी समेत रहेका मोहन अभिलाषीले गरेका हुन् । फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् ।

कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७