डिभोर्सपछि सामन्थालाई गम्भीर रोग


५ आश्विन २०७९, बुधबार
Samantha Ruth Prabhu1642504392

मुम्बइ । दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् ।

उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ । यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

city
ncll 2

उनी केही समयअघि नयाँ फिल्म ‘खुशी’ को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङ बीचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७