इटहरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु


५ आश्विन २०७९, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडक खण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७