घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


५ आश्विन २०७९, बुधबार
gold

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७