करेन्ट लागेर तीन जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार
14 Shares
current

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-५ बस्ने ४२ वर्षीय हर्कबहादुर नेपालीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका-९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको अर्जुनधारा नगरपालिका-१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

ncll 2

सोही ठाउँस्थित सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७