एमालेले भन्यो-डेंगु नियन्त्रणमा सरकार असफल


५ आश्विन २०७९, बुधबार
yogesh bhattrai
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ ।

नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा सरकारले सक्रियता नेदेखाउँदा देशव्यापी रुपमा डेंगु फैलिएको जनाइएको छ । ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरमा परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज रुपमा उपलब्ध गराउन एमालेले माग गरेको छ ।

‘हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोललगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।’

den 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७