मुगुको स्याउले पाएन बजार


५ आश्विन २०७९, बुधबार
apple
फाइल फोटो

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुशी थिए । उनले भने, ‘६ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यस वर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।’ स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७