सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप


५ आश्विन २०७९, बुधबार
IPO

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ ।

स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।

तर, सो समयमा सबै कित्ता शेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने छन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूणर् जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने छन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्ने छन् ।

यो आइपिओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७