रामेछाप-लुक्ला उडान गर्दै निजी हवाई कम्पनी


५ आश्विन २०७९, बुधबार
Lukla

काठमाडौँ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप-लुक्ला उडान शुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप-लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप-लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७