पूर्व राज्यमन्त्री सञ्जय साहको जन्मकैद फैसला उच्च अदालतबाट सदर


५ आश्विन २०७९, बुधबार
sanjaya saha

काठमाडौं । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या मुद्दामा पूर्व राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ ।

सञ्चार उद्यमी सिंहानिया हत्याको मुख्य योजनाकार सञ्जय साहलाई जन्मकैदको सजाय दिने फैसलालाई सदर गरेको हो । न्यायधिश प्रमोदकुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाको फैसलालाई नै सदर गर्दै फैसला सुनाएका छन् ।

उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीका अनुसार उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेरबालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए ।

प्रतिवादी सञ्जय साहको तर्फबाट बरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, बरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, बरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंघ र दिपेन्द्र सिंघसहित ६ जनाले वकालत गरेका थिए ।

सञ्चार उद्यमी सिंघानियाको हत्या २०६६ फागुन १७ गते होलीकै दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । सिंघानिया हत्याको मुद्दामा जिल्ला अदालत धनुषाले २०७६ असार १७ गते सञ्जय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले फैसलाप्रति असन्तुष्टी जनाउँदै २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । पूर्व राज्यमन्त्री साह हाल नख्खु कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७