अख्तियार सक्षमता, निर्भिकता र निष्पक्षताका साथ कार्यसम्पादन गर्न प्रतिवद्ध छ : प्रमुख आयुक्त राई


५ आश्विन २०७९, बुधबार
Prem kumar rai
फाइल फोटो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियार सक्षमता, निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गर्न प्रतिवद्ध रहेको कुरा बताएका छन् । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने कामप्रति आयोग प्रतिबद्ध रहेको उनको भनाई छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेश गदै प्रमुख आयुक्त राईले विगतमा तय गरिएका प्राथमिकतालाई समयानुकुल परिमार्जन गरी अघि बढाउने गरी आगामी कार्यदिशा तय गर्ने बताए । सोही बमोजिमका चारवटै रणनीतिमा केन्द्रित रही नवीनतम् विधि र प्रविधिहरू अवलम्बन गरी कामकारबाहीहरू अघि बढाउने उनको भनाई छ ।

प्रमुख आयुक्त राईले आयोगलाई थप सुदृढ, उत्तरदायी र जिम्मेवारपूर्ण ढंगले क्रियाशील बनाउन एवम् संविधान र कानुनले तोकेको जिम्मेवारीलाई पूर्ण सक्षमताका साथ पूरा गर्न आयोगको संस्थागत रणनीतिक योजना 2076/77-2080/81 को मध्यावधिक समिक्षाबाट प्राप्त सुझाव समेत समेटी योजनाको प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिए ।

प्रमुख आयुक्त राईले मुलुकमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तीनै तह, अंग एवं निकायहरू, गैरसरकारी तथा निजी क्षेत्र, नागरिक समाज,सञ्चारजगत, अन्तर्राष्ट्रिय समुदाय एवं आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका प्राप्त भएको बताए ।

अख्तियारद्धारा राष्ट्रपति भण्डारी समक्ष बत्तिसौं बार्षिक प्रतिवेदन पेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७