कपन आगलागीमा ३ जनाको मृत्यु, हेर्नुहोस् तस्वीरहरू


५ आश्विन २०७९, बुधबार
कपन आगलागी kapan Visan Aaglagi 22 scaled

काठमाडाैं : बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । काठमाडौ बुढानिलकण्ठ – १० कपन स्थित टंक घिसिङ घरमा ग्यास सिलिन्डर विष्फोट आगलागी भएको हो ।

इलाइट हिमालयन एडभेन्चर प्रा.लिमा नामक ट्रेकिङ्ग अफिसको अक्सिजन सिलिण्डरहरु पड्किएर आगलागी भएको हो ।

बुधबार बेलुकी पौने ७ बाट सुरु भएको आगलागीको कारण घर पूर्णत जलेको छ । आगलागीबाट जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए।

स्रोतका अनुसार इलाइट हिमालयन एडभेन्चर प्रा.लिमा नामक ट्रेकिङ्ग अफिस आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेर चर्चित भएका निर्मल (निम्स) पुर्जाको हो ।

शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताए । उनका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।

कपन आगलागी kapan Visan Aaglagi 27 scaled
कपन आगलागी kapan Visan Aaglagi 33 1 scaled
कपन आगलागी kapan Visan Aaglagi 23 scaled
कपन आगलागी kapan Visan Aaglagi 17 1 scaled
कपन आगलागी kapan Visan Aaglagi 18 scaled
कपन आगलागी kapan Visan Aaglagi 19 scaled
कपन आगलागी kapan Visan Aaglagi 28 scaled
कपन आगलागी kapan Visan Aaglagi 32 scaled
कपन आगलागी kapan Visan Aaglagi 22 scaled
कपन आगलागी kapan Visan Aaglagi 31
कपन आगलागी kapan Visan Aaglagi 20

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७