काठमाडौं महानगरले आज वीर अस्पताल अगाडिका टहराका औषधि पसल हटाउँदै


६ आश्विन २०७९, बिहीबार
bir hospital new

काठमाडौं । काठमाडौँको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ । काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन् ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैले हटाउने जानकारी गराएको बताएका छन् । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो ।

प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी दिए । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७